राम्रो स्वास्थ्यकालागि वास्तुका ५ टिप्स « Khabarhub

राम्रो स्वास्थ्यकालागि वास्तुका ५ टिप्स


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस आफ्नो स्वास्थ्य राम्रो होस् भनेर खानपान र जीवनशैलीमा विषेश ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा यि सबैको ख्याल राख्दा राख्दै पनि स्वास्थ्य बिग्रन पुग्दछ । जसमा वास्तु पनि कारक हुनसक्छ । यस्तोमा वास्तुका केही उपाय अपनाएमा स्वास्थ्य राम्रो हुने धार्मीक मान्यता छ ।

१. बिहानै झ्याल ढोका खोल्ने
बिहान सबेरै उठेर सूर्योदयको समयमा घरका सबै झ्याल ढोका केहि समयकालागि खोल्ने पर्दछ । उदाउँदो सूर्यको किरण स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । जसले घरमा रहेको ब्याक्टेरीया र भाइरस नष्ट हुन पुग्छ र स्वास्थ्यमा हानी हुनबाट जोगाउँछ ।

२. मुख्यद्वारमा ध्यान
वास्तुशास्त्रका अनुसार घरको मुख्य द्वार अर्थात मेन गेट कहिलै टूटे फुटेको, दरार भएको हुनु हुदैँन । अन्यथा यसले घरमुलीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस अलावा घरको मुख्यद्वार हमेशा सफासुग्गर हुन आवश्यक छ ।

३. सुत्दा यी कुरामा सचेत हुने
राति सुत्दा शीर कहिल्यै पनि उत्तर दिशा र खुट्टा दक्षिण दिशातर्फ हुनु हुदैँन । अन्यथा टाउको दुख्ने र निन्द्रा नपर्ने समस्या हुन्छ । यस अलावा राति सुत्दा शीर त्यस दिशामा पनि हुनु हुदैँन जुन दिशामा घरको ट्वाइलेट वा वाशिंग मेशिन छ ।

४. घरमा सरसफाई
वास्तुशास्त्र अनुसार घर सधैं सफा हुनु पर्दछ । यदि घर फोहोर भए र पर्खालमा जालो लाग्यो भने यसले घरका सदस्यमा नकारात्मक असर पर्दछ । साथै शारीरिक र मानसिक स्वास्थ्य खराब हुने गर्दछ । त्यसैले सफाई गर्दा पर्खाल र कुनाकुनामा पनि ध्यान दिनुपर्दछ ।

५. पर्खालमा पाप्रा उप्किने समाधान गर्ने
घरको कुनै पर्खाल वा कतै पाप्रा उप्किने समस्या छ भने त्यसलाई तुरुन्त समाधान गर्नु पर्दछ । अन्यथा घरका सदस्यको स्वास्थ्यमा असर पर्ने धार्मीक विश्वास गरिन्छ । पर्खालको पाप्रा उप्किनु वास्तुमा नकारात्मक स्थिति मानिन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ०१ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ