संसद् विघटनविरुद्ध रिट हाल्न सांसदहरूको हस्ताक्षर संकलन « Khabarhub

संसद् विघटनविरुद्ध रिट हाल्न सांसदहरूको हस्ताक्षर संकलन


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हाल्न विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन शुरू गरिएको छ ।

गत शुक्रबार मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विपक्षी दलहरू कानुनी लडाईंका लागि सर्वोच्च जान लागेका हुन् ।

विपक्षी गठनबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने १४९ सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकलन शुरू गरिएको छ।

पार्टीका आधारमा सांसदहरूको छुट्टा छुट्टै हस्ताक्षर संकलन गरिँदै छ । सबैको हस्ताक्षर संकलन गरेर संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी विपक्षी गठबन्धनको छ । यसैबीच नेकपा एमालेको माधव नेपाल समूहले भने नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आफू पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

नेपाल समूहका १९ सांसदको हस्ताक्षर संकलन भइसकेको नेता सुरेन्द्र पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर