राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने



काठमाडौँ– संसद विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।

आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार जाने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए ।

उनले संसद विघटनविरुद्ध १४९ भन्दाबढी सांसदको हस्ताक्षर संकलन भएको दावी समेत गरेका छन् ।

उनले भने,‘एक सय ४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भइरहेको छ । ड्राफ्ट चाँही टुंगिदैछ । बेलुकासम्म त्यो टुंगिन्छ । अनि भौतिक रुपमा बहुमत उपस्थित भएर हामी अदालतमा रिट दायर गर्न जाने अन्तिम तयारी भएको छ ।’ कागजपत्र, नागरिकता लगाएतका आवश्यक सबैको संकलनको काम सकिन लागेको उनले बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिए । उनले भने,‘फाइनल गर्दा अलिकति ढिला भयो भनेर भोलि सर्वोच्च जाने भनेर सबै संकलन भइसकेको छ । १ सय ४९ जना सबैको भइसकेको छ ।’

त्यस्तै माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत सबै कागजात संकलन भइसकेको र आज समय अभाव भएका कारणले भोलि बिहान १० बजे सर्वोच्चमा रिट लिएर जाने जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ५४ बजे

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका

बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर