२४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण « Khabarhub

२४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७  हजार ९१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

सोही अवधिमा काठमाडौँ  १ हजार ७६१,  भक्तपुर ३६६ र ललितपुर ६९४ जना गरी २ हजार ८२१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना डिस्चार्ज भएका छन् । निको हुने दर ७६.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : ४६ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न