२४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण « Khabarhub

२४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७  हजार ९१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

सोही अवधिमा काठमाडौँ  १ हजार ७६१,  भक्तपुर ३६६ र ललितपुर ६९४ जना गरी २ हजार ८२१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना डिस्चार्ज भएका छन् । निको हुने दर ७६.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : ४६ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको