२५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

२५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालि लगायतको संयुक्त पहलमा कोभिड-१९ महामारीसँग लड्न १३ टन भन्दा बढी स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको जनाइएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई उक्त  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्रीमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स रहेक छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना रोकथामका र नियन्त्रणका साथै संक्रमितको उचित उपचारका लागि सामग्री प्रयोग गरिने बताए । कोरोनाको दोश्रो लहर घातक रहेको र तेश्रो लहरहको पनि जोखिम रहेकाले त्यसको तयारीका लागि सरकार जुटेको उनले बताए ।

उहाले आगामी दिन पनि सहयोगको अपेक्षा गर्दै कोरोना नियन्त्रण र महामारी रोक्न मन्त्रालयसंग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जसमा १ लाख २३ हजार भन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, ५ हजार बाकस सिटोटेष्ट श्वाब किट्स (२ लाख ५० हजार किट), २ म्याजेक ३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी ब्याप, नन्-इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सिमिटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

तामासेक फाउन्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, ‘कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।’

सिंगापुर स्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसै गरी २०७२ को भूकम्प पछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेसन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ भन्ने आशा गरेका छन् ।

सो सामग्री लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट शनिबार काठमाडौं आएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ४७ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो