रोनाल्डो बिनाको खेलमा युभेन्ट्सको शानदार जित, च्याम्पियन्स लिगमा छनौट « Khabarhub

रोनाल्डो बिनाको खेलमा युभेन्ट्सको शानदार जित, च्याम्पियन्स लिगमा छनौट


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा फराकिलो जित निकाल्दै आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनौट भएको छ ।

आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिएर लिगको अन्तिम खेलमा मैदान उत्रिएको युभेन्ट्सले बोलोग्नालाई ४-१ ले हराएपछि युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को खेलमा नेपोली भेरोनासँग बराबरी खेलेपछि अन्तिम चरणमा  सिरी ए को शीर्ष चारमा रहने टिमको समीकरण पनि परिवर्तन भएको हो । लिगमा एसी मिलान दोस्रो स्थानमा रहन सफल भयो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटाको दुई गोल तथा फेडेरिको किएजा, र राबीओटले एक एक गोल गरे । बोलोग्नाका लागि रिकार्डोले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले यो सिजनको सिरी ए फुटबल ७८ अंकसहित तेस्रो स्थानमा रहेर टुंग्याएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : २५ बजे

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको