सुबिनले ‘समर लभ’ हेरे, भावुक बने « Khabarhub

सुबिनले ‘समर लभ’ हेरे, भावुक बने


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘समर लभ’ हेरेर लेखक सुबिन भट्टराईले आफू भावुक भएको लेखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले लामो स्टाटस पोस्ट गर्दै कमजोरी भए पनि फिल्मले भावुक बनाएको बताए ।

‘अक्षरहरु एकाएक दृश्यमा उतारिँदा त्यो कसैलाई चित्त बुझ्ने काम होला, कसैलाई चित्त दुख्ने काम होला’, उनले लेखेका छन्, ‘तर सिनेमा हेरिसकेपछि कमी कमजोरी हुँदाहुँदै पनि समग्रमा यसले मलाई छोयो, यो हेरिसक्दा म भावुक नभइरहन सकिन ।’

फिल्मको पोस्टर

उनले यो फिल्म एउटा भावुक प्रेमकथा भएको पनि लेखेका छन् । पुस्तकजस्तै यो फिल्म पनि प्रेम गर्ने सबैलाई भएको उनले लेखेका छन् ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा सामीप्यराज तिमल्सेनाको स्किृप्ट छ । पुस्तकमा आधारित यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्म आउँदो शुक्रवारबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ५२ बजे

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने

प्रधानमन्त्रीले संसद्मा भने : ११ सय १५ जनाको शव भेटियो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा अहिलेसमम एक हजार ११५ जनाले

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता