वैदेशिक व्यापार : साढे १२ खर्बको आयात, १ खर्ब ८ अर्बको निर्यात | Khabarhub Khabarhub

वैदेशिक व्यापार : साढे १२ खर्बको आयात, १ खर्ब ८ अर्बको निर्यात



काठमाडौँ– वैशाख १६ गतेबाट मुलुकमा निषेधाज्ञा कायम छ । यस वर्ष निषेधाज्ञाकै समयमा पनि आयात–निर्यातमा खासै असर परेको छैन ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा आयात १२ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

आयतको यो रकम गत वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशत बढी हो । यही अवधिमा १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिको तुलनामा निर्यातको यो रकबम ३२ दशमलव १९ प्रतिशतले बढी ।

धेरै आयात हुने १० वस्तु

चालु आर्थिक वर्षको १० महिनामा ७० अर्ब ५६ करोडको डिजेल आयात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ७५ अर्ब ७९ करोडको आयात भएको थियो । यस्तै, १० महिनामा एमएस विलेट ५७ अर्ब ५४ करोड, भटमासको कच्चा तेल ३९ अर्ब ४६ करोड, मोबाइल तथा टेलिफोन ३० अर्ब ९ करोड, एलपी ग्यास २९ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै पेट्रोल २६ अर्ब ८८ करोड, तयारी कपडा २६ अर्ब १२ करोड, चामल २३ अर्ब ३९ करोड, कोइला २२ अर्ब ३९ करोड र पालिथिन दाना २१ अर्ब ७६ करोड रुपैयाँको आयात भएको छ ।

आयत दोब्बर

विश्वव्यापी कोरोना माहामारीका समयमा पनि एमएस वालेट, भटमासको कच्चा तेल र मोबाइल फोन सेटको आयात दोब्बरले वृद्धि भएको छ ।

शैक्षिक संस्थाहरूले भर्चुअल कक्षा सञ्चालन गर्न थालेपछि बितेको १० महिनामा मोबाइल फोन सेटको आयात दोब्बरले बढेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा ३२ अर्बको रुपैयाँको मोबाइल फोन आयात भएको छ । गत वर्ष सोही अवधिमा १४ अर्ब ६८ करोड रुपैयाँको मोबाइल फोन आयात भएको थियो ।

गत आर्थिक वर्षको १० महिनामा १४ अर्ब २ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएकोमा चालु आर्थिक वर्षको सोही समयमा ३९ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ ।

एमएस वालेटको आयात गत आर्थिक वर्षको १० महिनामा ३५ अर्ब ४२ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ ।

भटमासको तेल निर्यात उच्च

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको पहिलो नम्बरमा भटमासको प्रशोधित तेल छ ।

चालु आर्थिकब वषएको १० महिनामा ३५ अर्ब ७५ करोड रुपैयाँको २१ करोड ५१ लाख किलो भटमासको प्रशोधित तेल निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँको ६ करोड ३४ लाख किलो प्रशोधित तेल निर्यात भएको थियो ।

विश्वबजारमा अलैँचीको माग पनि उच्च देखिन्छ । चालु आर्थिक वर्षको १० महिनमा ५ अर्ब ९९ करोड रुपैयाँको ७५ लाख किलो अलैँची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३४ करोडको ४१ लाख किलो अलैँची निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ३६ करोडको सेन्थेटिक यार्न, ५ अर्ब ५८ करोडको उनी गलैँचा कार्पेट, ४ अर्ब ३९ करोडको तयारी कपडा, ३ अर्ब ५३ करोडको जुटको कपडा, ३ अर्ब ३५ करोडको चिया निर्यात भएको छ ।

त्यसैगरी, ३ अर्ब ३५ करोड रुपैयाँको फलफूलको जुस, ३ अर्ब ३४ करोडको जमोठको कपडा, २ अर्ब ७४ करोडको अन्य कपडा (ऊनी, सुती) निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ५९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको