तस्वीरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ? | Khabarhub Khabarhub

तस्वीरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?



काठमाडौँ– नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन एक बच्चाको अगाडि घुँडा टेकिरहेको तस्वीर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ केही दिनयता व्यापक रुपमा शेयर भएको छ ।

‘अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकी पुलिसबाट मारिएका जर्ज फ्लोयडकी छोरीसँग माफी माग्दै’ भन्ने दाबीका साथ उक्त तस्वीर फेसबुक र ट्वीटरमा धेरैले शेयर गरेका छन् ।

२०७७ साल जेठ १२ गते अमेरिकी प्रहरीको हातबाट मारिएका ४६ वर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटनापछि कोरोना भाइरसको त्रासका बीच अमेरिकाका विभिन्न शहरमा रंगभेद विरोधी जुलुस भएका थियो । उक्त आन्दोलनको समर्थनमा जुलुस बेलायत लगायतका देशमा पनि निस्किएका थिए ।

तिनै फ्लोयडकी छोरीसँग बाइडेनले माफी मागेका भनी सामाजिक सञ्जालमा गरिएको दाबी गलत छ । उक्त तस्वीर जो बाइडेनको आधिकारिक इन्स्टाग्राममा भाद्र ३०, २०७७ मा राखिएको छ, जसमा ती बालिका फ्लोयडको छोरी भएको वा उनले माफि मागेको केही उल्लेख छैन ।

राष्ट्रपतिय चुनाव अभियानका क्रममा खिचिएको उक्त तस्वीर मिसेल ओबामाले पनि कार्तिक १८, २०७७ मा ट्वीटरमा शेयर गरेकी छिन् ।

बाइडेनको इन्स्टाग्राममा राखिएको उक्त तस्वीरको स्क्रिनसट

‘Routines of Nepal Banda’ नामक फेसबुक पेजले शेयर गरेको उक्त तस्वीर र दाबी ५८ पटक शेयर भएको छ भने त्यसमा १३०० भन्दा बढी प्रतिक्रिया छन् । यसैगरी क्रिस्टीना पुरी नामक ट्वीटर ह्यान्डलबाट शेयर गरिएको सोही दाबी १५ पटक रिट्वीट भएको छ भने १७१ पटक प्रतिक्रिया जनाइएको छ ।

उक्त तस्वीर उज्यालो रेडियो नेटवर्कको आधिकारिक फेसबुक पेजले पनि शेयर गरेको छ । उनीहरु जस्तै कैयौं अन्य पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्वीर र दाबी शेयर गरेका छन् ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त तस्वीरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा उक्त तस्वीरको मूल संस्करण अन्तर्राष्ट्रिय फोटो एजेन्सी गेट्टी इमेजजको वेबसाइटमा फेला पारेको छ ।

गेट्टी इमेजजको वेबसाइटमा राखिएको उक्त तस्वीर फोटोग्राफर चिप सोमोदेभिल्लाले अमेरिकी राज्य मिसिगनको डिट्रोइट शहरमा भाद्र २४, २०७७ गते खिचेको उल्लेख गरिएको छ । गेट्टी इमेजजले सि.जे. ब्राउन नाम गरेका बालकसँग कुरा गर्न बाइडेन घुँडा टेकेर बसेको बताएको छ । उक्त तस्वीर सँगै तिनै फोटोग्राफरका अन्य तस्वीरहरु (जस्तै सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउनसँग बाइडेनकोको तस्वीर) पनि गेट्टि इमेजजको वेबसाइटमा छन् ।

गेट्टी इमेजजमा राखिएको समाचार एजेन्सी एएफपीका फोटोग्राफर जिम वाट्सनको तस्वीरमा घुँडा टेकेर बसेका बाइडेन, सि.जे. ब्राउनका साथै बाइडेनका पछाडि उभिएका सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउन पनि रहेका छन् ।

त्यस बेलाको विभिन्न तस्वीरहरु र त्यहाँ उल्लेख गरिएको क्याप्सनको आधारमा हेर्दा बाइडेनले घुँडा टेकेर बोल्दै गरेको बालक जर्ज फ्लोयडकी छोरी नभइ थ्रि थर्टिन स्टोर नामक पसलका साहु क्लिमेन्ट ब्राउनका छोरा सि.जे. ब्राउन रहेको पुष्टि हुन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : ०२ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना