शेयर बजार नेप्से ६.५ अंकले घट्यो, ११ अर्ब बराबरको कारोबार « Khabarhub

शेयर बजार नेप्से ६.५ अंकले घट्यो, ११ अर्ब बराबरको कारोबार


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार नेप्से मंगलबार (आज) ६.५ अंकले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज बैकिङ समूहको शेयर साढे २५ अंकले घटेको छ । यस्तै होटल समूहको २८ अंकले, फाइनान्सको झण्डै दुई अंकले, उत्पादनको साढे २२ अंकले र अन्य समूहको शेयर २९ अंकले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।
आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४.५१ अङ्कले घटेर ५०३.९९ बिन्दुमा झरेको छ । आजको कारोबारमा हाइड्रोपावर र बीमा समूह चम्किँदा परिसूचकमा गिरावट आए पनि कारोबार रकममा खासै ठूलो असर परेको छैन ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ३० बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं