कोरोना संक्रमित एउटा परिवारको इतिवृत्त « Khabarhub

कोरोना संक्रमित एउटा परिवारको इतिवृत्त



बुटवल– यो हो कोरोना संक्रमित एउटा परिवारको कैरन । बुटवल र काठमाडौँमा बसेका आफन्तजहरूले आपसमा भेटघाट गरे लगत्तै सबै जना संक्रमित भए । कुरा हाल जारी लकडाउन हाराहारीकै हो ।

बुटबल उपमहानर–११, कालिकानगर बस्ने वसन्ता घिमिरे र उनका श्रीमान मदन ज्ञवाली काम विषेशले वैशाख १३ गते हवाईजहाज चढेर काठमाडौँ गए । उनीहरू काठमाडौँमा वसन्ताका दाजुभाउजु कहाँ बसे । दाजुभाउजुसँगै आमा पनि थिइन् अनि १९ महिना उमेरकी छोरी पनि । भोलिपल्ट वसन्ता र उनका दाजु बहिनीलाई भेट्न कलंकी गए ।

वसन्ता र मदन भोलिपल्टै बुटवल फर्किने गरी काठमाडौँ गएका थिए । नभन्दै उनीहरू चिनजानका मान्छेको गाडीमा भोलिपल्टै राति बुटवल फर्के । गाडी चढेको १२ घण्टामा बिहान उनीहरू वसन्ताको माइती, बुटवलस्थित योगकुटी पुगे । उनीहरूले आफ्नी छोरी त्यही छाडेका थिए ।

माइतीमा छोरी, बुबा, बहिनी र बहिनीकी छोरीसँग भेट भयो । भोलिपल्ट उनीहरू छुट्टिए । आआफ्नो बाटो लागे । वसन्तालाई हलुका खोकी लागेको थियो । गाडीको लामो यात्रामा बान्ता भएको थियो । त्यसै कारणले खोकी लागेको हुन सक्ने उनले ठानिन् ।

दुई–तीन दिनकै कुरा हो, काठमाडौँमा आमालाई सामान्य ज्वरो आयो । सबैले पीसीआर परीक्षण गराए । चारै जनालाई कोरोना संक्रमण देखियो ।

वसन्ता र मदनको मनमा चिसो पस्यो । उनीहरू लुम्बिनी प्रादेशिक अस्पताल गए । दुवै जनालाई कोरोना संक्रमण देखियो । उता बहिनीका परिवारका तीन जनालाई संक्रमण भयो । वसन्ताका बुबा अनि कलंकीमा भेटेका बहिनी र ज्वाइँलाई पनि संक्रमण भयो ।

अहिले उनीहरू सबै जना संक्रमणमुक्त भएका छन् । उनीहरू कोही पनि अस्पताल जानु परेन । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर घरमै बसे । ‘हामी तीन जनासहित हाम्रो परिवार भित्रका १२ जनालाई एकै पटक संक्रमण भयो,’ वसन्ताले भनिन्, ‘घरमै आइसोलेसनमा बसेर १६ दिनमा हामी निको भयौँ ।’

वसन्ता र मदनलाई खोकी लाग्ने, जोरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिए । खानाबाट स्वाद र बास्ना गायब भएको थियो । छोरीलाई पनि सर्‍यो कि भन्ने चिन्ता भयो । छोरीलाई अलग्गै कोठामा राखे । उनीहरूले आधुनिक औषधिका नाममा सिटामोल खाए ।

आठ–दश दिन वसन्ताको घरमा निकै समस्या भयो । उभिएर खाना पकाउन कठिन भएपछि भुइँमा बसेर पकाउने प्रबन्ध गरे । घरमै बसेर उनीहरूले गुर्जाे, दालचिनी, टिमुर, बेसार, ज्वानो, मरिच, पिप्ला, जेठीमधु, सुप, दालको रस खाए । दिनमा चार पटक वाफ लिए । झोल पदार्थ र पानी प्रशस्त खाए । भिटामिन सी पाइने प्राकृतिक वस्तु खाए ।

अहिले उनीहरु तन्दुरुस्त भएका छन् ।

बुटवलमा व्यवसाय गरेका बसेका ३६ वर्षीय मदन भन्छन्, ‘पहिले अरूलाई केरोना लाग्यो भन्दा वास्तै लाग्दैनथ्यो । आफूलाई भएपछि जीवनको महत्व बुझेँ ।’ कोरोनासँग हेलचेक्य्राइँ नगर्न र सुरक्षाका उपायहरू अपनाउन उनको सुझाब छ ।

वसन्ताले भनिन्, ‘हामी १२ जना नै निको भयौँ, अस्पताल जानु परेन, सबै जना सामान्य अवस्थामा छौँ ।’ कसलाई कोबाट सर्‍यो भन्ने थाहा छैन तर सबै जनालाई निको भयो । वसन्ता र मदन यसैमा खुसी छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ४३ बजे

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।