कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न डब्ल्युएचओलाई अमेरिकाको आग्रह « Khabarhub

कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न डब्ल्युएचओलाई अमेरिकाको आग्रह


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई आह्वान गरेको छ ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्युएचओलाई आह्वान गरेका हुन् ।

डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका छन्।

चीनको वुहानस्थित प्रयोगशालाका शोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको सूचना सार्वजनिक भएलगत्तै अमेरिकाले डब्ल्युएचओलाई यस्तो आग्रह गरेको हो ।

कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाखभन्दा बढी मानिस प्रभावित भइसकेका छन् । ३४ लाखभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

गत मार्चमा डब्ल्युएचओले कोरोना भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै न्युन भएको जनाएको थियो ।

 

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ४० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र