चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

लेखा अधिकृत भट्टराई सडक मर्मत पश्चातको रकम भुक्तानीका लागि मागेको २० हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

भट्टराईविरुद्ध २० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ४५ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी