अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड ३० लाख ९९ हजार नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड ३० लाख ९९ हजार नाघ्यो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ ।

बितेको २४ घण्टामा २४ हजार ३९३ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७ हजार ७२६ पुगेको छ ।

अहिलेसम्म २ करोड ७७ लाख १ हजार ८७९ जनाले कोरोनालाई जितेका छन् ।

अमेरिकामा अहिले ५६ लाख ९० हजार ७५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ६ हजार ५६१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ५५ बजे

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क

सिरहामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा– सिरहा नगरपालिका-१० पदमपुर बस्ने ६० वर्षीय चन्देसर मण्डलको घर र