दूध ढुवानीमा समस्या « Khabarhub

दूध ढुवानीमा समस्या


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप भएको निषेधाज्ञा शुक्रबारबाट थप कडाइ भएपछि दूधको ढुवानीमा समस्या आएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रातिको ९ बजेदेखि बिहानको ९ बजेसम्म दूध ढुवानीका गाडी उपत्यका प्रवेश गरिसक्नुपर्ने बताएसँगै थप समस्या देखिएको जोरपाटी दुग्ध उत्पादन सरकारी संस्था काभ्रेका अध्यक्ष रबिन्द्र केसीले बताए ।

‘दूध संकलन केन्द्र वा दूध चिस्यान केन्द्रमा किसानहरुबाट दूध संकलन गर्दा बिहान ८ देखि ९ बज्छ, संकलित दूधलाई चिसो वा प्रशोधन गर्न २ घण्टा लाग्छ’ अध्यक्ष केसीले खबरहबसँग भने ‘तोकिएको समयमा उपत्यकाको नाका प्रवेश गर्न सकिदैन, त्यो अव्यवहारिक छ ।’

शुक्रवार साँगा, काभ्रेभञ्ज्याङ, जगाते, पनौतीलगायत चौकीहरुमा हजारौं लिटर दूध बोकेका गाडीहरु सिडियोको आदेश भन्दै डेढदेखि दुई घण्टासम्म होल्ड गराएको समेत उनले बताए ।

‘गत महिना प्रधानमन्त्रीले दूधको लोगो सार्वजनिक गर्दै दूध ढुवानीका साधनलाई एम्बुलेन्स सरह सविधा दिने नियम बनाएका थिए’ उनी भन्छन्, ‘तर एक महीना नबित्दै नियम कहाँ पुग्यो ?’

प्रधानमन्त्रीले भनेझैं दूध ढुवानीका लागि एम्बुलेन्स सरह सुविधा दिनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : ५३ बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६