अमेरिकी संसद भवन आक्रमण प्रकरण : छानविन गर्न आयोग गठन नहुँने « Khabarhub

अमेरिकी संसद भवन आक्रमण प्रकरण : छानविन गर्न आयोग गठन नहुँने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको माथिल्लो सदनले गत जनवरी ६ मा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन नहुँने भएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अस्वीकृत गरेसँगै आयोग गठन नहुँने भएको हो ।

अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

आयोगको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको समर्थन प्राप्त भए पनि ४ मत अपुग भएको हो । सो प्रस्ताव पारित हुनका लागि फिलबस्टर नियम अन्तर्गत ६० सिनेटरको समर्थन चाहिन्थ्यो ।

तल्लो सदनमा भएको मतदानमा ३५ रिपब्लिकन सांसदले पक्षमा मतदान गरेका थिए । जनवरी ६ मा राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए ।

सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : १० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र