गणतन्त्र दिवस समतामूलक समाजका लागि प्रेरणा : सभापति देउवा « Khabarhub

गणतन्त्र दिवस समतामूलक समाजका लागि प्रेरणा : सभापति देउवा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १४औं गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

शनिबार एक विज्ञप्तिमार्फत् देउवाले जनआन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रले मुलुकलाई लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सधैँ प्रेरणा दिने बताएका छन् ।

‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ,’ देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ ।’

कोरोनाको महामारीले मुलुकले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहँदा पनि जनताको जीवनप्रति सरकार उदासिन र संवेदनहीन देखिएको उनको आरोप छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ५५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर