मुख्यमन्त्री राईले दिए गणतन्त्र दिवसको शुभकामना | Khabarhub Khabarhub

मुख्यमन्त्री राईले दिए गणतन्त्र दिवसको शुभकामना


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा आज शुभकामना दिएका छन् ।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न उत्प्रेरणा मिलोस् भनेका छन् ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले सन्देशमा हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौं भनेका छन् ।

मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् ।

उनले सहिदहरूप्रति श्रद्धासुमन व्यक्क्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ०५ बजे

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा– गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको

राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज

बालबालिकामा डिजिटल एडिक्सन र अभिभावकको भूमिका

नेपाल सरकारले अवलम्बन गरेको विश्वब्यापीकरण र उदारीकरण नीतिले केही बर्ष