यसरी बदलिँदै छ गीतको लोकप्रियता « Khabarhub

यसरी बदलिँदै छ गीतको लोकप्रियता


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका कुन्ती मोक्तानले गाएको गीत ‘माथि माथि सैलुङ्गेमा चौँरी डुलाउनेलाई…’ बोलको गीत नसुन्ने श्रोताहरू कमै नहोलान् । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

क्यासेट र सीडीको समय नआउँदासम्म फर्माइसमा रेडियो नेपालमा यो गीत खुबै बज्थ्यो । रेडियो नेपालमा ‘फोन इन कार्यक्रम’ सञ्चालक पाण्डव सुनुवार प्रत्येक शनिबार उक्त कार्यक्रममा नछुटाई बजाउँथे ।

कुन्तीका अनुसार पाण्डवको कार्यक्रममा एक श्रोताले ‘माथि माथि सैलुङ्गे…’ गीत बजाउन फोनगरे लगत्तै अर्को व्यक्तिले पनि फोन गरेर त्यही गीतको माग गर्दथे । उनी भन्छिन्, ‘हाम्रो गीत श्रोतामाझ कति लोकप्रिय छ भनेर थाहा पाउने माध्यम नै रेडियो नेपालको फर्माइस र फोन इन कार्यक्रम हुन्थ्यो । हप्ताभरि सबैभन्दा बढी बजेको गीतलाई शनिबार विशेष प्राथमिकतामा राखिन्थ्यो ।’

क्यासेट र सीडीको प्रयोग शुरू भएपछि गीतको लोकप्रियताको मापन त्यसको बिक्रीबाट हुन थाल्यो । कुन्ती भन्छिन्, ‘त्यो समयका गीत कथामा बग्छ कि बग्दैन भन्ने खालका हुन्थे । एकदमै शालीन गीतहरू बज्थे । ती गीतको लोकप्रियता अग्र्यानिक थियो ।’

आजकल गीतको लोकप्रियताको मापक त्यसको शब्द, सङ्गीत, स्वर तथा एरेन्जलाई भन्दा पनि युट्युबका दर्शक र टिकटक प्रमुख भए । त्यहीकारण पनि बजारमा आएका गीत केही अपवादबाहेक चाँडै हिट हुन्छन् र चाँडै हराएर जाने गरेका छन् ।

सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा युट्युब र टिकटकको प्रचलनअघि गीतको लोकप्रियता मापनको आधार श्रोतालाई मान्छन् । रेडियोमा जनताले फर्माइस गरेका गीतले नै लोकप्रियता नाप्ने गरेको उनको बुझाइ छ ।

सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा

‘रेडियो नेपालमा फर्माइसमा धेरै गीत बज्न थालेपछि अन्य कार्यक्रममा ती गीत बजाइन्थ्यो । त्यतिबला रेडियो नेपालले नै गीतको सेन्सर गथ्र्यो । शब्द, गीत, आवाज सेन्सर भएर गीत आउथ्यो’, शम्भुजित भन्छन्, ‘क्यासेट र सीडीमा सारिएका गीत गाउँमा पुग्थे । बिहे, ब्रतबन्ध तथा सांस्कृतिक कार्यक्रममा बज्थे । विदेशबाट काठमाडौँ आउने नेपालीहरूले क्यासेट र सीडीमा गीत टेप गरेर लैजान्थे ।’

शम्भुजित नेपाल टेलिभिजन शुरू भएपछि फिल्मका गीतहरू टेलिभिजनका कार्यक्रममा बज्न थाले । त्यो समयमा फिल्म हिट हुने आधार टेलिभिजनमा बज्ने फिल्मी गीतले पनि निर्धारण गथ्र्यो । शम्भुजित भन्छन्, ‘त्यही गीतको माध्यमबाट विदेश जान पाइन्थ्यो । त्यसबेलाको गीतमा अग्र्यानिक लोकप्रियता हुन्थ्यो ।’

‘चिठी तिमीलाई लेखुँ भन्छु…’, ‘चलेछ बतास सुस्तरी…’,‘यो मन भन्छ कहाँ जाऊँ…’ लगायत गीतका गायक शम्भु राई गाउँघरमा भेटिने गन्धर्व तथा विविध संस्कृतिक कार्यक्रमले गीतको लोकप्रियता बढाउने गरेको बताउँछन् ।

गायक शम्भु राई

शम्भु भन्छन्, ‘रेडियो नेपालबाट गीत बज्न थालेपछि गाउँमा क्यासेट र सीडीबाट गीत पुग्थे । ती गीत गन्धर्वसँगै विभिन्न संस्कृतिमा हुर्केका युवापुस्ताले गाउन थाले । गीत छोटो समयमै आममानिसमा पुग्थ्यो ।’

शम्भुको अनुभवमा तत्कालीन गाउँमा रेडियो हुनेले गीतका शब्द कापीमा उतारेर साथीभाइमाझ पुर्‍याउँथ्यो र मेलापातमा प्रचारप्रसार हुन्थ्यो । माध्यम र प्रविधि सीमित भए पनि गीत गइसकेपछि सबैको हृदयमै बस्ने गरी कालजयी हुन्थ्यो ।

‘अहिलेका गीत अहिले एउटा सुन्यो, छिनमै अर्को आइहाल्छ,’ शम्भु भन्छन्, ‘त्यो बेला नेचुरल र अर्ग्यानिक किसिमका गीत हुने भएको पनि मानिसहरू अधिक मन पराउँथे ।’

गीतकार दिनेश अधिकारी अहिलेको युट्युबका दर्शकलाई त्यो समयको रेडियो नेपालको फर्माइसका श्रोताजस्तै मान्छन् । उनी भन्छिन्, ‘अहिलेका युट्युबको दर्शकको जस्तै रेडियोमा फर्माइस आउँथ्यो । कसको गीत धेरै बजेको छ त्यसै अनुसार लोकप्रियता निर्धारण हुन्थ्यो ।’

गायक बद्री पङ्गेनी पहिलेपहिले गीत कम बन्ने भएकाले त्यो समयमा सबैले गीतको समीक्षा गर्ने गरेको स्मरण गर्छन् । उनका अनुसार कसैको गीत बाहिर आयो भने सिनियर र जुनियरबीचमा गीतको समीक्षा हुन्थ्यो । शब्द र सङ्गीतको मात्र नभई एरेन्जको टुक्राटुक्राको प्रशंसा हुन्थ्यो । गीतको गहिरो विश्लेषण हुन्थ्यो ।

बद्री भन्छन्, ‘उदाहरणको लागि, विष्णु खत्री, भगवान भण्डारी, नारायण रायमाझी, बमबहादुर कार्की जसले गीत निकाले पनि एकएक शब्द थाहा हुने गरी सुन्थ्यौँ । जसले गर्दा पनि गीत लोकप्रिय हुन्थ्यो ।’

गायक तथा सङ्गीतकार नारायण रायमाझी पनि सङ्गीतमा व्यावसायिकता प्रवेश गर्नुअघि रेडियो नेपालकै फर्माइसलाई लोकप्रियताको आधार मान्छन् । उनी भन्छन्, ‘राम्रो गीत जसले पनि गाउने र गुनगुनाउने गर्थे । लोकप्रियता अथवा सफलताको अर्को आधार पनि त्यो थियो ।’

अहिलेको पुस्तालाई प्रविधिले निकै सजिलो बनाइदिएको छ । आजकल स्रष्टाहरू एउटा गीतको भिडियो निर्माणमा धरै खर्च गर्छन् । गीतको गुणस्तरभन्दा पनि उनीहरूको ध्यान भिडियो कति दर्शकले हेरे र टिकटकमा कति रुचाइयो भन्नेमै हुन्छ । यही कारणले दर्शक बढाउन उनीहरू खर्च गरेरै भए पनि दर्शक किन्न पछि पर्दैनन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  २ : ०० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई