राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको कार्यशैलीले गणतन्त्र घायल बन्दैछ : शशांक कोइराला « Khabarhub

राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको कार्यशैलीले गणतन्त्र घायल बन्दैछ : शशांक कोइराला


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको कार्यशैलीले गणतन्त्र घायल बन्दै गएको गुनासो गरेका छन् ।

उनले राष्ट्रपतिको विवादास्पद भूमिका र प्रधानमन्त्रीको निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीले गणतन्त्र घायल हुँदै गइरहेको बताएका हुन् ।

शनिबार गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश जारी गर्दै महामन्त्री कोइरालाले निर्वाचन जितेर राजनीतिक अभिभारा निर्वाह गर्नुपर्ने ठाउँमा पुगेका कम्युनिस्टहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल आचरण र व्यवहार नदेखिनु ठूलो चिन्ताको विषय भएको बताएका छन्।

२००७ को जनक्रान्तिदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणासम्म, संविधान जारी गर्ने गंभीर अभिभारादेखि २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने सम्मको मूल राजनीतिक दायित्व नेपाली कांग्रेसले निर्वाह गरेको भएपनि निर्वाचनबाट कम्युनिस्टहरु राजनीतिक अभिभारा निर्वाह गर्नु पर्ने स्थानमा पुगेको तर त्यस अनुरुप काम नभएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘निर्वाचन जितेर त्यस पश्चातको राजनीतिक अभिभारा निर्वाह गर्नुपर्ने ठाउँमा पुगेका नेपालका कम्युनिस्टहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल आचरण र व्यवहार नदेखिनु ठूलो चिन्ताको विषय भएको छ । अझ गणतन्त्रको प्रतिक गरिमामय बन्नु पर्ने राष्ट्रपतिको संस्थाको विवादास्पद भूमिका र जनता प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीको निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीले गणतन्त्र घायल हुँदै गइरहेको छ।’

महामन्त्री कोइरालाले चुनौतिपूर्ण परिस्थितिको सामना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य मान्यता स्थापित गर्नलोकतान्त्रिक विधि,पद्धति र संस्कारको व्यवहारिक अभ्यासमा योग्यता र इमानदारिता देखाउन गणतन्त्र दिवसले शक्ति र प्रेरणा दिन सक्नेछ भन्ने विश्वास लिएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : १५ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि