उज्वल थापाको उपचार गर्न दुर्गा प्रसाईंको सहयोग नचाहिने « Khabarhub

उज्वल थापाको उपचार गर्न दुर्गा प्रसाईंको सहयोग नचाहिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपचाररत उज्वल थापाको परिवार तथा साथी शुभेच्छुकले बीएण्डसी मेडिकल कलेजका अध्यक्ष दुर्गा प्रसाईंले दिने भनेको सहयोग नचाहिने जनाएको छ ।

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्यस्थिति अपडेट गर्दै विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले सद्भावको लागि प्रसाईंलाई धन्यवाद ज्ञापन गर्दै उनको सहयोग आवश्यक नपर्ने जानकारी गराएका हुन् ।

मिश्रले लेखेका छन्
उज्वल थापाको स्वास्थ्य स्थिति बारे अपडेट:
दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँको सहयोग आवश्यक नपर्ने जानकारी।
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ ।
यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ।
यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।
सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।
उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

यो पनि पढ्नुहोस्

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको सबै उपचार खर्च बीएण्डसीले व्यहोर्ने 

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  २ : ०३ बजे

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला