यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री « Khabarhub

यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल अहिले आम मानिसको दैनिक आवश्यकता बनेको छ । मोबाइलमा ब्याट्री नटिक्ने अहिलेको ठूलो समस्या हो । यो अवस्थामा मोबाइलको ब्याट्री टिकाउने केही टिप्स पढ्नुहोस् :

१. स्क्रिनको ब्राइटनेस कम गरेर चलाउने

सबैभन्दा धेरै ब्याट्रीको खपत गर्ने मोबाईलको अंगमघ्ये एक हो मोबाईलको स्क्रिन/डिस्प्ले । त्यसैले यसको ब्राईटनेस जतिसक्दो कम गरेर प्रयोग गर्नाले चार्ज खपत कम हुन जान्छ र हामीले हाम्रो फोनको ब्याट्री लामो समयसम्म टिकाउन सक्छौं ।

२. गुणस्तरीय चार्जरको प्रयोग गर्ने

बजारमा बिभिन्न कम्पनिका चार्जरहरु पाइन्छन् तर सबै चार्जले तपाईको मोबाईलको मापदण्ड पुरा गर्न सक्दैनन् । जसले गर्दा चार्ज गर्न लामो समय लाग्नुका साथसाथै ब्याट्रीलाई समेत नकारात्मक असर पार्दै गएको हुन्छ ।

त्यसैले गुणस्तरीय चार्जर र सकेसम्म मोबालईसँगै आएको वा सोही निर्माता कम्पनीले बनाएको चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. ब्याकग्राउन्ड एप्लिकेसन रिफ्रेस अफ गर्ने

यो स्मार्टफोनमा भएको यस्तो फिचर हो जसले मोबाईलमा रहेका बिभिन्न एप्लिकेसनलाई फोन प्रयोग नगरेको बेलामा पनि भित्रभित्रै संचालन गर्छ र सूचनालाई अध्यावधिक गराउँछ ।

यसले अनावश्यक रुपमा ठूलो मात्रामा चार्जको खपत बढाइरहेको हुन्छ । यसलाई अफ गर्नाले पनि हामीले चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ । प्रायः सबैजसो मोबाइलको सेटिगंभित्र सजिलै यसलाई अफ गर्न सकिन्छ ।

४. सफ्टवेर अपडेट गर्ने

मोबाइल निर्माता कम्पनीले समय समयमा विभिन्न नयाँ सुविधा र सुधारका साथ नयाँ सफ्टवेर ल्याउँछन् । यस्ता नयाँ र प्रभावकारी सफ्टवेरले मोबाईलका बिभिन्न कार्यलाई अझ सहज बनाई ब्याट्रीको खपत कम गर्न सहयोग गर्छन् ।

५. फोन अफ नै हुनेगरी नचलाउने वा चार्ज शून्य प्रतिशत हुनुभन्दा पहिले नै चार्ज गर्ने

फोनलाई बारम्बार शून्य प्रतिशत चार्ज हुनेगरी चलाउने र अफ भएपछि मात्र फोन चार्ज गर्नाले ब्याट्रीमा चार्ज नहुने, भएपनि ढिला हुने र चार्ज चाडै सकिने समस्या देखापर्छ ।

त्यसैले हामीले फोनमा १५–२० प्रतिशत चार्ज बाँकी रहदै चार्ज गर्नु उपयुक्त मानिन्छ ।

६. अनावश्यक सेन्सरहरु बन्द गर्ने

हामीले प्रायः वाईफाई र ब्लुटुथ जस्ता फिचरहरु प्रयोग नभएको अवस्थामा पनि अन छोड्छौं । यसले पनि अत्याधिक ब्याट्री खपत गरिरहेको हुन्छ । त्यसैले हामीले मोबाइल प्रयोग नगरेको अवस्थामा यि सेन्सरहरुलाई अफ गरेर पनि ब्याट्रीको चार्जलाई बचाउन सकिन्छ।

यस्तै लोकेसन फिचर जसले फोनको जीपीएसलाई सञ्चालन गरिरहेको हुन्छ, यसलाई पनि आवश्यक बाहेक अफ गर्न सकिन्छ ।

७. अन्य

अन्य कुराहरु जस्तै धेरै तातो वा चिसोमा फोन नराख्ने, लाइभ वालपेपरहरु नराख्ने, अनावश्यक नोटिफिकेसनहरु बन्द गर्ने आदिले पनि ब्याट्रीको चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ५५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर