खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन « Khabarhub

खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा बजेट वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए । अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटमा समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।
यसैगरी, झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगायतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पूरा हुने पनि उल्लेख गरिएको छ भने रिटायर्ड खेलाडीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउने विषय पनि बजेटमा परेको छ ।

यसैगरी हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ । यसैगरी पदक आउने खेलमा अन्तर्राष्ट्रिय सहभागीतामा विशेष ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ५३ बजे

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं– दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित