कोरोना परीक्षण गर्न नमान्दा ज्यान गयो « Khabarhub

कोरोना परीक्षण गर्न नमान्दा ज्यान गयो


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आइतबार दिउँसो घरमै निधन भएको हो ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो ।

ती व्यक्तिमा मृत्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिए । केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो । मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा सङ्क्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए ।

परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतकको शरीरलाई घर नजिकै धार्मिक मान्यताअनुसार नेपाली सेनाले शव ब्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष कुरुम्बाङले जानकारी दिए । यो घटनासँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई जिल्लामै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने सङ्क्रमण पुष्टि भएका थप तीन जनाको उपचारका क्रममा झापामा मृत्यु भएको छ । – रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ४५ बजे

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले