अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते « Khabarhub

अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले मानिसहरूको भीडमा अन्धाधुन्ध गोली चलाएका थिए । आइतवार बिहान एल मुला बैंक्वेट हलको बाहिरपट्टी गोली चलाइएको बताइएको छ ।

यसअघि, शनिबार मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् ।

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बढेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए । (रासस/एएनआई

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका