‘रेस्क्यू म्यूजिक अवार्ड’ विजेतालाई पाँच हजार रुपैंयाँ | Khabarhub Khabarhub

‘रेस्क्यू म्यूजिक अवार्ड’ विजेतालाई पाँच हजार रुपैंयाँ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रेस्क्यू क्रियशनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियशनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।

आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेण्डिङ लिरिसिस्ट (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक कम्पोजर (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक एरेञ्जर(पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ मेल भोकल(पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ फिमेल भोकल(पप/मोडर्न/फिल्म)’ छन् ।

त्यस्तै ‘आउटस्टेण्डिङ लोकदोहोरी भोकल(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी लिरिसिष्ट(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी मेलोडी(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ मेल आर्टिष्ट (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ फिमेल आर्टिष्ट (पप/मोडर्न/लोकदोहोरी)’ छन् ।

यसैगरी ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो सिनेमाटोग्राफर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो एडिटर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो कोरियोग्राफर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो डिरेक्टर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो अफ द इयर(पप/मोडर्न/लोकदोहोरी)’ छन् । अवार्डमा ‘आउटस्टेण्डिङ होस्ट इन ए टक शो’ र ‘आउटस्टेण्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् ।

समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्‍याउनेलाई दिनेछौं’, समनले भने ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : ३० बजे

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)