सरकारी सर्भरमा देखिएको समस्या हट्यो, वेबसाइट खुल्न थाले | Khabarhub Khabarhub

सरकारी सर्भरमा देखिएको समस्या हट्यो, वेबसाइट खुल्न थाले


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल सरकारको एकीकृत सर्भर जीओभीडट्एनपी (gov.np) मा शनिबार साँझदेखि देखिएको समस्या केही मात्रामा समाधान भएको छ ।

शनिबार साँझदेखि सर्भरमा समस्या देखिएपछि आइतबार देशभरका अधिकांश सरकारी कार्यालयका वेबसाइट बन्द भएका थिए ।

आइतबार एकीकृत सरकारी सर्भर डाउन नै भएको थियो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशका सम्पूर्ण सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका थिए ।

सरकारी सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय, राहदानी र मालपोत तथा नापी कार्यालयको काम बढी प्रभावित भएको थियो ।

सर्भर डाउन हुने समस्यामा केही मात्रामा सुधार आए पनि यातायात व्यवस्था कार्यालयको काममा भने केही अवरोध नै रहेको यातायात व्यवस्था विभागका एक कर्मचारीले बताए ।

‘आइतबार सर्भर डाउन भएकाले सोमबार साइटमा धेरै ट्राफिक आएको छ, सर्भर केही व्यस्त भएको छ,’ यातायात व्यवस्था विभागका एक कर्मचारीले भने, ‘दिउँसोदेखि पूर्ण रुपमा शुचारु हुने अपेक्षा गरेका छौं ।’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र