आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार आज ४५ अंकले घट्यो « Khabarhub

आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार आज ४५ अंकले घट्यो


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार सोमबार ओरालो लागेको छ । सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ ।

२१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको शेयर कारोबार भएको छ । आइतबार १७ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा ठूलो गिरावट जलविद्युत् समूहमा देखिएको छ । यो समूहको परिसूचक ४.३१ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक पनि १.०१ प्रतिशतले घटेको छ ।

आज खरिदबिक्री रकममा राधी हाइड्रोपावरको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ३१ बजे

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय