यस वर्ष पनि एसईई प्रश्नपत्र व्यर्थ « Khabarhub

यस वर्ष पनि एसईई प्रश्नपत्र व्यर्थ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार गरिएको प्रश्नपत्र खेर जाने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले आन्तिरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि प्रश्नपत्र काम नलाग्ने भएको हो ।

एसईईको मूल्याङ्कन विद्यालय नै गर्ने भएपछि प्रश्नपत्रका खेर जाने सम्भावना देखिएको एसईई नियन्त्रक रुद्र अधिकारीले बताए ।

उनका अनुसार २०७७ को एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । परीक्षाका लागि सबै विषयको प्रश्नपत्र छपाइ सकिएको थियो । जिल्लासम्म ढुवानी भने गरिएको थिएन ।

गत वैशाख २७ गते राष्ट्रिय परीक्षा बोर्डले पूर्वनिर्धारित परीक्षा स्थगित गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा परीक्षाको प्रक्रियाबारे अध्ययनको लागि ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा गत आइतबार बोर्डले शिक्षा मन्त्रालयलाई वैकल्पिक विधिबाट एसईई गर्न सिफारिस गरेको थियो ।

कोरोनाकै कारण २०७६ सालको एसईई पनि स्थगित हुँदा प्रश्नपत्र खेर गएको थियो । गत वर्ष पश्नपत्र ढुवानी समेत भइसकेको थियो ।

प्रश्नपत्रको खर्च

२०७७ को एसईईको लागि प्रश्नपत्रमा २ करोड रुपैयाँभन्दा बढी खर्च लागेको परीक्षा नियन्त्रक अधिकारीले बताए ।

उनले भने, ‘प्रश्नपत्र छापेको बिल नआइसेकाले ठ्याकै भन्न सकिएन तर २ करोडभन्दा माथि नै खर्च आउने अनुमान गरिएको छ ।

प्रश्नपत्र तयार गर्दा २५ दिन लागेको उनले बताए । उनका अनुसार प्रश्नपत्र छपाइमा परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका प्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मी समेत सय जना जति परिचालन भएका हुन्छन् । गत वर्ष प्रश्नपत्र छपाइमा २ करोड २० लाख रुपैयाँ खर्च भएको पूर्वपरीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १२ : ५५ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम