वैदेशिक रोजगार व्यवसायीका ७ बुँदे माग- सम्बोधन नभए आन्दोलन गर्ने चेतावानी | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायीका ७ बुँदे माग- सम्बोधन नभए आन्दोलन गर्ने चेतावानी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग सात बुँदे माग राखेका छन् ।

सरकारले हाल परिमार्जन गरेको वैदेशिक रोजगार ऐन २०६४ ले म्यानपावर व्यवसायीलाई अप्ठ्यारो पारेको भन्दै व्यवसायीहरुले सात बुँदे माग राखेका हुन् । उनीहरुले आफ्ना माग सुनुवाई नभए आन्दोलन गर्ने चेतवानी पनि दिएका छन् ।

सरकारले ल्याएको वैदेशिक रोजगार नीतिमा थप कुराहरु परिमार्जन गर्न आवश्यक रहेको भन्दै सात बुँदे माग अघि सारेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिएका छन् । माग पूरा नभएमा चरणबद्ध रुपमा बिरोध कार्यक्रम गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

धरौटी रकमको ब्याज पाउने गरी व्यवस्था गर्न, मर्जर हुने अवस्थाका म्यानपावर कम्पनीहरुलाई विषेश व्यवस्था गर्नुपर्नेलगायतका माग म्यानपावर व्यवसायीहरुको रहेको छ ।

कामदारहरुले गन्तव्य मुलुकमा पुगेपछि भनेको काम, तलब तथा सेवासुविधा पाउँदा–पाउँदै पनि करार अवधि नपुगी फर्किने क्रम बढ्दै गएकाले यस्तो अवस्थामा फर्किएका कामदारहरुले सम्पूर्ण लागत आफैं बेहोर्नु पर्ने कानुनी व्यवस्था राखिनु पर्ने पनि व्यवसायीको माग छ ।

वैदेशिक रोजगारका सम्बन्धमा सरकारले ल्याएका नीतिमा केही कुरा हेरफेर गर्न आवश्यक रहेको भन्दै व्यवसायीहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ३१ बजे

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको