नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार « Khabarhub

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेयर बजार परिसूचक नेप्से बुधबार करिब ५६ अंकले बढेर २ हजार ८ सय २७.१२ बिन्दुमा पुगेको छ ।

लगातार दुई दिन घटेको नेप्से आज ५५.७६ अंकले बढेको हो । आज सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक बढेका छन् ।

करिब सवा एक लाख कारोबारबाट २ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार कित्ता शेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाइएको छ ।

आज नेप्से वृद्धिसँगै सेन्सेटिभ परिसूचक १.५७ प्रतिशत र फ्लोट परिसूचक १.७ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माई हाइड्रोको सर्किट लागेर मूल्य ५०६ रुपैयाँ पुगेको छ। त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स लगायत १२ कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : १९ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं