आज २०७८ जेठ २० गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ जेठ २० गते बिहीबारको राशिफल


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ जेठ २० गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ३७ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।