कालो ढुसी संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु « Khabarhub

कालो ढुसी संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमण बढ्दै जाँदा सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

आईसीयूमा राखेर उनको उपचार थालिएकोमा उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको डा. कमरले बताए ।

ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीले जानकारी दिए ।

उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ०५ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति