कालो ढुसी संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु « Khabarhub

कालो ढुसी संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमण बढ्दै जाँदा सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

आईसीयूमा राखेर उनको उपचार थालिएकोमा उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको डा. कमरले बताए ।

ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीले जानकारी दिए ।

उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ०५ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित