सुडानमा खानेपानी आपूर्ति गर्न नेपाली सेनाको सहयोग « Khabarhub

सुडानमा खानेपानी आपूर्ति गर्न नेपाली सेनाको सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग गरेको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसन (संयुक्त राष्ट्रसङ्घीय मिसन साउनथ सुडान)मा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको हो ।

हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो । गस्तीका क्रममा त्यहाँका स्थानीय समुदायले अनुरोध गरेपछि नेपाली सेनाको टोलीले बिग्रिएको पम्प मर्मत गरेर पानी आपूर्तिलाई सहज बनाएका हुन् ।

नेपाली सेनाको सहयेगका कारण लामो समयदेखि पानीको समस्या भोगिरहेका स्थानीयको समस्या हटेको अनमिसले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा संयुक्त राष्ट्र संघले अनमिस मिसन सञ्चालन गरिरहेको छ, जहाँ नेपाली सेनाबाट पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५० बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र