आन फुटसल टुर्नामेन्टमा ३२ टोलीबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

आन फुटसल टुर्नामेन्टमा ३२ टोलीबीच प्रतिस्पर्धा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि शुरु भएको दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा ३२ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरी सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको उद्घाटन पूर्व अध्यक्ष माधवराज तिमिल्सिना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले संयुक्तरुपमा गरे । फुटसल प्रतियोगितामा समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भए पनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर प्रि क्वार्टरफाइनलमा पुगेको हो ।

कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जीत निकाल्दै प्रतियोगिताको सुखद् शुरुआत गरेको थियो । यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २–० गोल को जीत दर्ता गरेको थियो ।

क्यूएफएक्सले प्रिज्मार्कसँग १–१ गोलको बराबरी खेलेको थियो भने नयाँ पत्रिकालाई ३–२ गोलको जीत दर्ता गर्यो । समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले तीन वटै खेल जित्दा एड रिलिजले २ खेल जित्न सफल भयो ।

मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जीत निकाल्न सफल भयो । यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजु कुँइकेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन् ।  समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे  बैंक रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ३१ बजे

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्