कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान « Khabarhub

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउँसो २ : ०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

बिहीबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

उनीहरुले प्रदेश सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटि बजेट ल्याउन लागेको आरोप लगाएका थिए । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली सरकारले करिब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै