प्रेमपत्र पठाएको आरोपमा दलित युवकमाथि कुटपिट, ३ जना पक्राउ « Khabarhub

प्रेमपत्र पठाएको आरोपमा दलित युवकमाथि कुटपिट, ३ जना पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटको दुर्गा भगवती गाउँपालिका–५ मा प्रेमपत्र पठाएकै आरोपमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

प्रेम पत्र पठाएको भन्दै स्थानीय विकास पासवानलाई डोरीले बाँधेर निर्घात रुपमा कुटपिट भएको प्रहरीले जनाएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पनि एक पुरुषले उनलाई डोरीले बाँधी लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेको देखिन्छ ।

प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५० वर्षका राजदेव गिरी र अरु २ जना रहेका छन् ।

एसपी शाहले भने, ‘घटनाको बारेमा पीडित पक्षले उजुरी नगरे पनि घटनाको तस्वीर तथा भिडियो सार्वजनिक भएपछि हामीले प्रत्यक्षदर्शीसँग बुझी ३ जनालाई पक्राउ गरेर  आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

घटना बिहीबारको हो । तर अहिले सम्म के कारणले ती युवकमाथि कुटपिट भयो भन्ने विषय प्रहरीले सार्वजनिक गरेको छैन । तर युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।

यता दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै