प्रेमपत्र पठाएको आरोपमा दलित युवकमाथि कुटपिट, ३ जना पक्राउ « Khabarhub

प्रेमपत्र पठाएको आरोपमा दलित युवकमाथि कुटपिट, ३ जना पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटको दुर्गा भगवती गाउँपालिका–५ मा प्रेमपत्र पठाएकै आरोपमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

प्रेम पत्र पठाएको भन्दै स्थानीय विकास पासवानलाई डोरीले बाँधेर निर्घात रुपमा कुटपिट भएको प्रहरीले जनाएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पनि एक पुरुषले उनलाई डोरीले बाँधी लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेको देखिन्छ ।

प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५० वर्षका राजदेव गिरी र अरु २ जना रहेका छन् ।

एसपी शाहले भने, ‘घटनाको बारेमा पीडित पक्षले उजुरी नगरे पनि घटनाको तस्वीर तथा भिडियो सार्वजनिक भएपछि हामीले प्रत्यक्षदर्शीसँग बुझी ३ जनालाई पक्राउ गरेर  आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

घटना बिहीबारको हो । तर अहिले सम्म के कारणले ती युवकमाथि कुटपिट भयो भन्ने विषय प्रहरीले सार्वजनिक गरेको छैन । तर युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।

यता दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : १५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा