भीड बढेपछि प्रहरीले गर्‍यो थप कडाइ, पसल सञ्चालकलाई कारबाही | Khabarhub Khabarhub

भीड बढेपछि प्रहरीले गर्‍यो थप कडाइ, पसल सञ्चालकलाई कारबाही


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिएसँगै बिहानको समय हेटौँडा बजारमा भीडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ देखि ९ बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ ।

विशेषगरी हेटौँडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो । बजार क्षेत्रमा निजी सवारी साधनको पनि भीडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ ।

बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हो । मकवानपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८४१ जना सङ्क्रमणमुक्त अर्थात् निको भइसकेका छन् ।

पसल सञ्चालकलाई कारबाही

हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा विभिन्न व्यावसायिक पसल सञ्चालन गरेको आरोपमा तीन पसल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

एउटा हार्डवेयर पसल, एउटा कपडा पसल र एउटा स्कुलरोडको घर संसार मिनी मार्केटका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रशासनले १०/१० हजार रुपैयाँ जरिवाना गरेर छाडेको हो ।

हेटौँडामा पछिल्लो पटक स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सबै सवारी साधनलाई नियमानुसार प्रहरीले कारबाही गर्दै आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई जनही रु दुईदेखि पाँच हजारसम्म जरिवाना गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : १५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको