अस्ट्रेलियाले नेपाली सेनालाई दियो १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री « Khabarhub

अस्ट्रेलियाले नेपाली सेनालाई दियो १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लडाइँका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियन सेनाको विशेष विमानले काठमाडौँ लिएर आएको उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियका राजदूत फेलिसिटी भल्कले नेपाल सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई उक्त सहयोग हस्तान्त्रण गरिएको हो । उक्त सहयोग सामग्री शनिबार काठमाडौं आइपुगेको हो । बलाधिकृत रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।

यस्तै राजदूत भल्कले पनि कोभिड-१९ महामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन् । साथै उनले अस्ट्रेलियाली वायुसेनालाई सहयोग सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा धन्यबाद दिएकी छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : ४४ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष