स्थानीय तहहरूलाई ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण « Khabarhub

स्थानीय तहहरूलाई ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर नगरपालिकालाई पाँच थान १० लिटर क्षमताको अक्सिजन न्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

नागरिक समूह र गैर सरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भक्तपूर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई उनकै कार्यकक्षमा ५ थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् ।

देशैभरी कोभिड–१९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको संकटपूर्ण अवस्थालाई चिर्न स्थानीय तहमा पालिकाहरूले सम्बोधन गर्ने प्रयासमा हातेमालो गर्दै नागरिक समूह र गैर सरकारी संस्था गुठीले सहयोग हस्तान्तरण गरेको हो ।

जनस्तर तथा दाताहरूबाट स्व:स्फुर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा उप–प्रमुख जोशीले खुशी व्यक्त गरिन् ।

यस्तै, धुलिखेल नगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर, १० वटा अक्सिजन सिलिण्डर र अन्य विविध स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

समूहको अग्रसरतामा नेपाल राईजिङ्ग र इन्गेज नेपालको आर्थिक सहयोगमा ७० वटा कन्सनट्रेटर मेसिन विभिन्न अस्पतालमा र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेको छ ।

त्यसै गरी यो समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ४० वटा, धुलिखेल नगरपालिकामा ५ वटा, भक्तपूर नगरपालिकामा ५ वटा, ललितपुर महानगरपालिकामा ५ वटा, क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा १ वटा, काठमाडौं महानगरपालिका वडा नं १७ द्वारा संचालित आइसोलेसन सेन्टरलाई १ वटा, काठमाडौं महानगरपालिका वडा नं १५ स्थित कुमारी माजु डल्लु आवासको आइसोलेसन सेन्टरलाई १ वटा, तान्सेन मिसन अस्पतालाई २ वटा, विराटनगर महानगरपालिकालाई २ वटा, नगर अस्पताल सुर्खेतलाई २ वटा र महालक्ष्मी नगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ०५ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका