प्रधानमन्त्री ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित छु : वामदेव « Khabarhub

प्रधानमन्त्री ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित छु : वामदेव


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले पद तथा गोपनियताको शपथ खाएको आधा घण्टा पनि नबित्दै दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता वामदेव गौतमले आलोचना गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष महतोकै नेतृत्वमा शुक्रबार सरकारमा सहभागी भएको हो । सरकारमा गएका महतोले शपथ ग्रहण गरेको केही समयपछि दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका हुन् ।

उनले बहुल राष्ट्रका लागि मुक्ति आन्दोलन गर्न आफूहरू सरकारमा समावेश भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेको छ ।

यसैक्रममा एमाले नेता गौतमले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गरेकोमा आफू आश्चार्य चकित भएको बताएका हुन् । शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै गौतमले भनेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ४० बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता