नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ : राजेन्द्र महतो « Khabarhub

नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ : राजेन्द्र महतो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को नेता समेत रहेका महतोले पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका हुन् ।

एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यानमा राख्दै काम गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरीको रिहाइका लागि प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : ०० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको