प्रतिनिधिसभा विघटन प्रकरण : नयाँ इजलास गठन गरेर सुनुवाइ थालिँदै « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : नयाँ इजलास गठन गरेर सुनुवाइ थालिँदै


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटको नयाँ संवैधानिक इजलासमा मार्फत आज शुरू हुँदैछ ।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठसमेत रहेको इजलासमा कानून व्यवसायीले आपत्ती जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाइ स्थगित गर्दै आजलाई सारेका थिए ।

कानून व्यवसायीले प्रश्न उठाउँदा पनि न्यायाधीश केसी र श्रेष्ठले इजलासबाट नहट्ने अडान लिएपछि अरू दुई न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले इजलास छाडेको घोषणा गरेका थिए ।

सोही दिन सर्वोच्च बारका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश जवराले इजलास गठनमा देखिएको विवाद दीर्घकालीनरूपमा हल गर्न नियमावली संसोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

तर यसबीचमा नियमावली संसोधन नभए पनि उनले अब वरिष्ठताका आधारमा इजलास गठन गर्ने अपेक्षा कानून व्यवसायीको छ ।

शुक्रबारदेखि नै प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ भए पनि इजलास गठनकै विषयमा विवाद हुँदा विषयवस्तु केन्द्रित  बहस भएको थिएन ।

प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेपछि यो विषय अदालत पुगेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : ४० बजे

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि जारी

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय

शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन

काठमाडौं– नेपाली कांग्रेसले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्ने नीति

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा