कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने « Khabarhub

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक अध्ययनले खास नश्लको एक कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने  पुष्टि भएको छ ।

ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले सुँघेरै कोरोना भए नभएको पत्ता लाग्ने दाबी गरिएको छ । जुन पिसिआर वा एन्टिजेनको माध्यमबाट गरिएको परीक्षणभन्दा प्रभावकारी पाइएको जनाइएको छ ।

अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ मा उल्लेख भएअनुसार विभिन्न देशको प्रारम्भिक अध्ययनबाट कुकुरले सुँघेर कोरोना संक्रमण पत्ता लगाउने निष्कर्ष निस्किएको हो ।

कुकुरले सुँघेर परीक्षण गरिने विधिलाई प्रभावकारी मान्दै अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ ।

यसले सार्वजनिक यातायात, रंगशालालगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने समाचारमा उल्लेख गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले ६ वटा कुकुरबाट कोरोना परीक्षण गराएकोमा त्यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको बताइएको छ ।

संक्रमित व्यक्तिको काखी वा उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ । त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ । कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ । त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ४० बजे

१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १