नायिका खोज्दै ‘प्रेम गीत ३’ टिम, यसरी जोडिनुस् टिमसँग « Khabarhub

नायिका खोज्दै ‘प्रेम गीत ३’ टिम, यसरी जोडिनुस् टिमसँग


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायांकन नहुँदै आउँदो चैत्र २८ गतेलाई प्रदर्शन मिति तोकेको अपकमिङ फिल्म ‘प्रेम गीत ३’ का लागि निर्माण टिमले नायिकाको खोजी गरेको छ । फिल्मले मुख्य नायिकालाई अडिसनमार्फत लिने जानकारी गराएको हो ।

यसअघि दुई पोस्टर सार्वजनिक गरेर फिल्मको रिलिज मिति तय गरेको थियो । फिल्मका निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ नायिकाको खोजी गरिएको जानकारी दिए । निर्माता सेनले एक अभिनेत्रीको खोजी गरिएको जानकारी गराए । सामाजिक सञ्जाल फेसबूकमा सेनले लेखेका छन्, ‘हामीले अडिसनबाटै एकजना राम्रो अभिनय गर्ने अभिनेत्री चलचित्र उद्योगमा प्रवेश गराउने सोच राखेका छौँ ।’

फिल्ममा ‘गीत’ को भूमिकामा नायिकालाई लिने जनाएको हो । टिमका अनुसार आसुसेन फिल्मसको आधिकारिक वेबसाइट या [email protected] मा इमेल गरेर अडिसनका लागि आह्वान गर्न सक्नेछन् ।

अडिसनका लागि हालै खिचेका ४ तस्वीर र बायोडाटा पठाउन पनि निर्माण टिमले आग्रह गरेको छ । नायिकाका लागि उमेर हद १८ वर्षदेखि २५ वर्ष र उचाइ ५.२ इन्चदेखि ५.७ हुनुपर्ने बताइएको छ । निर्माण टिमले आवेदन परेकाबाट २० जना प्रतियोगीलाई पहिलो चरणमा छान्ने जनाएको छ ।

साथै निर्माण टिमले यो फिल्मका लागि एक वर्षदेखि तयारी गरिरहेको जनाएको छ । फिल्मको निर्माण सन्तोष सेनले गर्नेछन् । फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका रहने बताइए पनि आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,