तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

साताको पहिलो दिन आज सुन तोलामा ७०० रुपैयाँ बढेको हो । त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

बढेको नयाँ मूल्य अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको सुन ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : २७ बजे

दुई महिनामा साढे तीन खर्ब विप्रेषण भित्रियो

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले

ललितपुर महानगरद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण

जुम्ला– ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर चार