नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा « Khabarhub

नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताएका छन् ।

आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताए ।

उनले भने, ‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु ।’

प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल आगामी भदौ २४ मा सकिँदै छ । उनी २४ भदौ २०७५ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ ।

उनीपछि अब प्रधानसेनापति बन्ने लाइनमा बलाधिकृत रथी प्रभुराम शर्मा छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले सेना राजनीतिक मुद्दाभन्दा टाढा रहने पनि बताए । उनले भने, ‘सेना लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छ । यसका लागि हामी प्रतिबद्ध छौँ ।’

प्रधानसेनापति थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वको अधीनमा रहेर अघि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ५९ बजे

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको