शेयर बजारमा ऐतिहासिक उछाल, ५० अंकले बढ्दा १७ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा ऐतिहासिक उछाल, ५० अंकले बढ्दा १७ अर्ब बढीको कारोबार


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार मापन गर्ने नेप्से परिसूचक हालसम्मै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च ५० अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढ्दै २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आजको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको छ ।

आइतबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो । लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो ।

यस्तै गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८३ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : ०९ बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका