भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राको ह्याट्रिक « Khabarhub

भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राको ह्याट्रिक


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’ ले भारतीय महिला लिग फुटबल प्रतियोगिताको डेब्यू खेलमै ह्याट्रिक गरेकी छन् ।

सेथु एफसीबाट खेलेकी सावित्राले ४ गोल गरेकी छन् । उनले मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गर्दा उनको टोली सेथु ६–४ गोल अन्तरले विजयी भएको छ ।

सावित्राले खेलको पहिलो हाफमै तीन गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । पहिलो मिनेटको २८ औं सेकेन्डमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी सावित्राले १६ औं मिनेटमा दोस्रो र ३४ आंै मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सेथुका लागि खेलको ६५ र ७५ औं मिनेटमा दिग्माई ग्रेसले थप दुई गोल गरेकी थिइन् । विजयी टोली सेथुले अंक तालिकामा ३ अंक जोडेको छ ।

पराजित मनिपुरका लागि नाङ्गोम बालादेबीले खेलको २२ तथा ४२ औं मिनेट र खेलको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, मनिपुरका लागि चौथो गोल सलाम प्रमोदिनी चानुले गरे पनि टोलीलाई जित दिलाउन भने सकिनन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : २१ बजे

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी