‘इकुपिताङ’ ल्याउदै इकु « Khabarhub

‘इकुपिताङ’ ल्याउदै इकु


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् ।

सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर तथा बाल कलाकार कुसल लोहनी, दीपक थापामगर र सुमन मगरको अभिनय रहेको छ ।

श्रृंखलामा योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत छ । केही समय अघि ‘इकु’ निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलको श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा देखिएका थिए ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडीबाट असारको दोस्रो सातादेखि प्रसारण हुनेछ ।

श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन छ । निर्माण पक्षले श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ५० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज